काठमाडौ, असोज ७
प्रभु बैँकले “सहयात्रा समृद्धिको” नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैँक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपाल स“गको सहकार्यमा कोभिड – १९ को कारणले प्रभाबित र समस्यामा परेका साना उधमी तथा व्यबसायी, स्वरोजगार उधमी, शिक्षीत बेरोजगार युवा, बिदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा संलग्न उधमीहरुको बिद्यमान आर्थिक कठिनाईलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुका पेशा, उद्यम र व्यवसायहरुलाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ ल्याईएको हो । सहयात्रा समृद्दिको यो कर्जा योजनाउक्त समुहलाई र्आिथक उन्नति सहित जिवनभरको एउटा वित्तीय आधार र संयन्त्रत यार गर्ने एउटा प्रयास पनि हो ।
सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायत अन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाए सँगै विशेषगरी महिला सफा टेम्पो चालकहरु आर्थिक संकटका बिच बाँचिरहेकाछन् । नियमितरुपमा भईरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीको लागी आर्थिक जोहो गर्न नसक्दा अहिले निकै ठूलो आर्थिक दबाबकाबिच आफ्नो घरव्यवहार चलाउन उनिहरु बाध्य छन् ।
अर्कोतिर, हाल विद्यालयहरुले विधार्थीहरुका लागि अनलाईन कक्षाहरु संचालन गरिरहेकाछन् तर शिक्षकहरुले अनलाइन कक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथा फर्निचर जस्ता न्यूनतमआवश्यकताहरुको जोहो गर्न सकेका छैनन् । यस कर्जा योजना अन्तर्गत प्रथम चरणमा बैँकले काठमाण्डौ उपत्यकाभित्रका महिला सफाटेम्पो चालकहरुलाइ अधिकतम एक लाख र बिधालय शिक्षकहरुलाई अधिकतम चार लाख रुपैयाँ कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउनेछ । सोहीक्रममा आज यो कर्जा योजना शुभारम्भको अबसरमा काठमाण्डौ उपत्यकाभित्रका १० जना महिला सफा टेम्पो चालकहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरिएको बैकले जानकारी दिएको छ । यो कर्जा योजना तोकिएका अन्य पेशा, उधम र व्यबसाय साथै काठमाण्डौ उपत्यका बाहिर पनि क्रमशःलागु गर्दै जाने बैंकले जानकारी दिएको छ ।
“सहयात्रा समृद्दिको”कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरुले कर्जा संगसंगै वित्तीय साक्षरता , वित्तीयव्य वस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु पनि सिकुन भन्ने अभिप्राय केन्द्रित गरिएको छ । यस बिषमताको घडिमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा मार खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने बिश्वास बैँकले लिएको छ ।