काठमाडौ, असोज ७
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकोे १९ औं वार्षिक साधारण सभाबाट पारित भई उक्त कम्पनीको २१ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको १ बराबर १ शेयरको अनुपातमा रु.९९ करोड ८३ लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।
उक्त सम्झौता—पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष रमेश प्रसाद न्यौपाने तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेकाहुन । कम्पनीले प्रतिशेयर रु.१००/-दरको ९९,८३,२३२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ र हकप्रद शेयर निष्काशन गरे पश्चात कम्पनीको कुल चुक्तापूँजी रु.१अर्व ९९ करोड ६६ लाख पुग्ने कम्पनीले जनाएको छ ।
कम्पनीले पिलुवाखोलाको पानी उपयोग गरी ३,००० किलोवाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना निमार्ण गरी मिति २०५६ साल बाट व्यापारिक उत्पादन गरीरहेको छ । हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गरिनेछ ।