neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • डा. केसीको उपचारलाई आठ सदस्यीय चिकित्सक टोली

डा. केसीको उपचारलाई आठ सदस्यीय चिकित्सक टोली

Sep 22nd, 2020

काठमाडौँ, ६ असोज /रासस

अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन गरेको छ । उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गर्न डा रेवतीरमण मल्लको संयोजकत्वमा आठ सदस्यीय टोली गठन गरिएको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा।सन्तोष पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्ले सोमबार जुम्ला हुँदै नेपालगञ्जबाट ल्याइएका डा। केसीको स्वास्थ्य उपचार गर्नका लागि आज टोली गठन गरेको हो । टोलीमा डा. मुकेश शर्मा पौडेल, डा. अनन्तभक्त उप्रेती, डा. अनिल बराल, डा. जितेन्द्रकाजी श्रेष्ठ, डा. सुजिता मानन्धर, डा. घनश्याम थापा र डा. हरिहर खनाल रहनु भएको छ ।
उपचारका लागि डा. केसी वीर अस्पतालमा आएपनि कोभिड १९ को डेडिकेटेड अस्पतालका रुपमा वीरलाई अहिले रुपान्तरण गरेपछि सेन्टरमा उहाँको उपचारका लागि ल्याइएको छ । उहाँको उपचार गर्न गठित चिकित्सकको टोलीले स्वास्थ्य उपचार गर्न खोज्दा नमानेको सेन्टरका डा।पौडेलले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi