neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अपराध महाशाखाद्धारा रक्तचन्दन कारोवारमा संलग्न चार व्यक्ति पक्राउ

अपराध महाशाखाद्धारा रक्तचन्दन कारोवारमा संलग्न चार व्यक्ति पक्राउ

Sep 22nd, 2020

काठमाडौ, असोज ६

महानगरीय अपराध महाशाखाले रक्तचन्दनको कारोवारमा संलग्न भएको आधारमा चार व्यक्तिहरुलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार कारोवारमा संलग्न नुवाकोट घर भई हाल काठमाडौको बौद्ध तिनचुुले बस्ने १८ बर्षिय सुनिल तामाङ, नुवाकोट नै घर भई काठमाडौको बौद्ध तिनचुुले बस्ने २८ बर्षिय ओम बहादुर तामाङ, काभ्रेको तिमाल घर भई हाल ललितपुरको पाटनमा बस्ने २९ बर्षिय कर्नेस तामाङ र सिन्धुपाल्चोकको हेलम्बुु घर भई काठमाडौको बौद्ध तिनचुुले बस्ने ४२ बर्षिय लाक्पा लामालाई पक्राउ आईतबार पक्राउ गरिएको हो ।

अवैधरुपमा रक्तचन्दनको कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खोजी गर्दे जाँदा आईतबार महाशाखाको विशेष टोलीले बौद्धको तिनचुुलेस्थित बुुद्धभुमी टोलमा रहेको डमरु कारखाना (फर्निचर) मा खानतलासी गर्दा सो भित्र बिक्रीबितरण गर्ने उद्ेश्यले सो कारखाना भित्र रहेको सुनिल तामाङ समेतको कोठाबाट लुुकाई छिपाई राखेको अवस्थामा २१ केजी रक्तचन्दन जस्तो देखिने दुुई वटा मुुडा बरामद गरेको महाशाखाले जनाएको छ । उनीहरुलाई पक्राउ गरी आवस्यक कानुनी कारवाहीको लागि सोमबार जिल्ला बन कार्यालय काठमाडौं पठाईएकोे छ । बरामद गरिएको २१ केजी रक्तचन्दनको अन्दाजी मुल्य एक लाख ८६ हजार एक सय ५० रुपैयाँ रहेको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi