neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४२७ पुग्यो

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४२७ पुग्यो

Sep 21st, 2020

काठमाडौँ, ५ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ३ महिला र १३ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा मकवानपुर,ललितपुर र दोलखा एक एक गरि तीन र पुरूषमा झापा ,सुनसरि,पर्सा,मकवानपुर ,ललितपुर ,चितवन,रुपन्देहीका एक एक गरि ७, काठमाडौं ,भक्तपुर र बाकेका २र२ गरि ६ रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४२७ पुगेको छ । यसअघि आइतबार कोरोना भाइरसका कारण १० जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi