neapl investment mega bank aadharbhumi aadharbhumi

काठमाडौं उपत्यकामा थपिए ६७४ संक्रमित

Sep 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ५ असोज

काठमाडौंमा थप ६७४ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ६७४ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ५३८,ललितपुरमा ६२ र भक्तपुरमा ७४ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि आइतबार उपत्यकामा ७६७ सङ्क्रमित थपिएका थिए।

नेपालमा सोमबार थप ११५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ६५ हजार २७५  पुगेको छ । पछिल्लो २४ घण्टामा १००५  जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ४७ हजार २३८ पुगेको छ ।
हालसम्म ९ लाख २३ हजार ८२३ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi