neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतमा कोरोनाबाट एकै दिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित

भारतमा कोरोनाबाट एकै दिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित

Sep 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौं, ५ असोज

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या झण्डै ५४ लाख ८७ हजार भन्दा बढी पुगेको छ । स्रोतको अनुसार कुल सङ्क्रमितको संख्या ५४ लाख ८७ हजार ५८० पुगेको हो । ती मध्ये ८६ हजार ९६१ जना पछिल्लो २४ घण्टामा थपिएका छन् ।

कुल सङ्क्रमित मध्ये दश लाख ३ हजार २७२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक ४३ लाख ९६ हजार ३९९ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म ८७ हजार ९०९ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार १३० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।