neapl investment mega bank aadharbhumi aadharbhumi

खुर्पा प्रहार गरी आफ्नै ससुराको हत्या

Sep 21st, 2020

नवलपरासी (वर्दघाट सुस्ता पूर्व), असोज ५

आफ्नै ससुरा कावासोती नगरपालिका-१५ शेरगञ्ज बस्ने ७५ वर्षीय बिष्णु राईलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा ३१ वर्षीय सुवास मगरलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

मगरले बिष्णुलाई खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोल्हुवा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते बिष्णुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi