neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

Sep 21st, 2020

तनहुँ, असोज ५

आफ्नै बुबा ४१ वर्षीय राजकुमार गुरुङको हत्या गरेको अभियोगमा आबुखैरेनी गाउँपालिका ४ खस्राङ् बस्ने २१ वर्षीय वीरमान गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

वीरमानले गत भदौ ३१ गते आफ्नै बुबालाई घरमा कर्तब्य गरी मारेर आफ्नो जातिय रीतिरिवाज अनुसार चिहानमा खाडल खनी पुरी दाहसंस्कारको कार्यक्रम पुरा गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वीरमानलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi