neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख ६५ हजार नाघ्यो (अपडेट)

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख ६५ हजार नाघ्यो (अपडेट)

Sep 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौं, ५ असोज

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ९ लाख ६५ हजार १७८ व्यक्तिको मृत्यु भएको छ ।

नेपाली समय सोमबार १:३० बजे सम्म विश्वभरीमा तीन करोड १२ लाख ५० हजार ४२८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म दुई करोड २८ लाख ३८ हजार २६० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७४ लाख ४६ हजार ९९० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार २३३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७० लाख ७४ हजार ५९६ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ४ हजार ११८ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ५४ लाख ८७ हजार ५८० जना सङ्क्रमित भएका छन् भने ८७ हजार ९०९ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४५ लाख ४४ हजार ६२९ जना सङ्क्रमित भएका छन् भने एक लाख ३६ हजार ८९५ जनाको मृत्यु भएको छ ।

स्रोत : वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/