neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु

नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु

Sep 20th, 2020

काठमाडौँ, ४ असोज /रासस

नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो ।

यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi