neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Sep 20th, 2020

काठमाडौं, ४ असोज

दाङ, शान्तिनगर गाउँपालिका-३ रानीवनस्थित सडकमा रा.३ प १०९४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-६ सुनडबरी बस्ने ५० वर्षीय आईते रोकाको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको नेपालगंज बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, बर्दिबास नगरपालिका-६ स्थित सडकमा ज.१च १८४६ नम्बरको बलेरोले ‘अनटेस्ट’ लेखेको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३२ वर्षीय प्रमोद राय र मोटरसाइकलमा सवार २८ वर्षीय देवबहादुर खपाङ्गीको मोडल अस्पताल लालगढ धनुषा हुँदै थप उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई फरार रहेका बलेरो चालकको खोजी गरिरहेको छ ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित सडकमा ग.१ ख ८९७४ नम्बरको बसको ठक्करबाट पैदलयात्री विजयनगर-३ स्थित ससुरालीमा बस्दै आएका धादिङ गंगाजमुना गाउँपालिका-१ ईबी बस्ने ३१ वर्षीय फिरोन तामाङको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi