neapl investment mega bank aadharbhumi aadharbhumi

लागूऔषध सहित पक्राउ

Sep 20th, 2020

काठमाडौं, ४ असोज

सर्लाही, लालबन्दी नगरपालिका-८ बाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका-१४ बस्ने १९ वर्षीय बिसराम गोलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले ना.२२प ९०१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा बोराभित्र लुकाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी चालक गोलेलाई पक्राउ गरेको हो ।

झापा, गौरादह नगरपालिका-९ बैगुनधुरास्थित सडकबाट १ सय ५८ बोतल ईस्कफ नामक लागूऔषध सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्नेहरू २७ वर्षीय प्रमानन्द राजबंशी र २२ वर्षीय राजेश महतो रहेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी महाभारा र सशस्त्र प्रहरी बल बैगुनधुराको संयुक्त टोलीले जाँच गर्नेक्रममा बिआर ३८ स ५६३० नम्बरको मोटरसाईकलमा सवार उनीहरूको साथबाट उक्त परिमाण लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi