काठमाडौं, ४ असोज
आधारभूमि संवाददाता
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड नाघेको छ ।
नेपाली समय आइतबार ८:३० बजे सम्म विश्वभरीमा तीन करोड ९ लाख ८२ हजार २४९ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड २५ लाख ८२ हजार ५८० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७४ लाख ३८ हजार २९६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार ३९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ९ लाख ६१ हजार ३७३ व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ६९ लाख ६७ हजार ४०३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ३ हजार ८२४ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ५३ लाख ९८ हजार २३० जना सङ्क्रमित भएका छन् भने ८६ हजार ७७४ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४५ लाख २८ हजार ३४७ जना सङ्क्रमित भएका छन् भने एक लाख ३६ हजार ५६५ जनाको मृत्यु भएको छ ।
स्रोत : वर्ल्डोमीटर