neapl investment mega bank aadharbhumi aadharbhumi

काठमाडौं उपत्यकामा थपिए ७११ संक्रमित

Sep 19th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३ असोज

काठमाडौंमा थप ७११ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ७११ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ५७०,ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि शुक्रबार उपत्यकामा ८५९ सङ्क्रमित थपिएका थिए।

नेपालमा शुक्रबार थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४४७ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ४५ हजार २६७ पुगेको छ । हालसम्म ९ लाख ४ हजार ७०६ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi