neapl investment mega bank aadharbhumi aadharbhumi

भन्सार छलिका विभिन्न सामान बरामद

Sep 18th, 2020

बारा, २ असोज

कलैया उपमहानगरपालिका-१० स्थित सडकमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी नेपाल ल्याएको करिब ४५ हजार रुपैयाँ मूल्य बराबरका बिभिन्न किसिमका कस्मेटिक सामान तथा बिआर ०२२ एच १७०३ नम्बरको मोटरसाइकल बुधबार प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साथै गत भदौ १ गतेदेखि ३१ गतेसम्म किराना सामग्री, मिनीट्रक, मोटसाइकल तथा चौपाया समेत गरी करिब ९० लाख ६१ हजार २ सय ७९ बराबरका भन्सार छलिका सामानहरू बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज बुझाइएको समेत उक्त कार्यालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi