neapl investment mega bank
  • गृहपृष्ठ
  • बारुदी सुरुङ बिस्फोटबाट अफगानिस्तानमा नौ बालबालिका मारिए

बारुदी सुरुङ बिस्फोटबाट अफगानिस्तानमा नौ बालबालिका मारिए

Nov 5th, 2019

काबुल, १९ कात्तिक (रासस/सिन्ह्वा)

युद्धग्रस्त मुलुक अफगानिस्तानमा स्कुल जाँदै गरेका बालबालिका बारुदी सुरुङ बिस्फोटमा परेका छन् । प्रहरीका अनुसार शनिबार भएको बिस्फोटबाट प्राथमिक स्कुलका नौ जना बालबालिकाको मृत्यु भएको छ । 

यो बिस्फोट अफगानिस्तानको तखार प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा भएको थियो । अफगानिस्तानमा शनिबार पनि स्कुल खुल्ने गर्दछ । 

प्रान्तीय प्रहरीका प्रवक्ता खलिल आसिरले तखार प्रान्तमा तालिबान निकै सक्रिय रहेको जानकारी दिँदै सरकारी फौजले प्रान्तमा पछिल्लो समय सुरक्षा कारबाहीलाई तिब्र बनाएको बताउनुभयो । उहाँले सरकारी फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको हुन सक्ने बताउनुभयो ।

उक्त घटनामा मारिएका बालबालिका ९ देखि १२ वर्षका रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता आसिरले मारिने चार जना बालबालिका तालिबान समूहमा आबद्ध परिवारकै रहेको जानकारी दिनुभयो ।
तालिबानले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।