neapl investment mega bank
  • गृहपृष्ठ
  • काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप

काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप

Sep 18th, 2020

नयाँ दिल्ली,२ असोज /रासस/एएनआई

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाउनुभएको छ । उहाँले भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्यकर्मीहरुको तथ्यांक नराखेको र बेवास्ता गरेको बताउनुभएको हो ।

काँग्रेस नेता गान्धी भारतको वर्तमान सरकारको आलोचना गरिरहनुभएको छ । पछिल्लो समयमा उहाँले कोभिडको उपचारमा खटिँदा सङ्क्रमित भएका स्वास्थ्यकर्मीकै तथ्यांक नराखेको भन्दै सरकारको विरोध गर्नुभएको हो ।

उहाँले शुक्रबार आफ्नो ट्वीटर अकाउन्टमा भन्नुभएको छ– भारतको केन्द्रीय सरकारले जवाफ देओस कि किन भारतमा कोभिडका योद्धाहरु यसरी अपमानित भएका छन् रु किन उनीहरुलाई यसरी बारम्बार बेवास्ता गर्ने गरिन्छ रु उहाँले प्रश्न गर्नुभएको छ ।

बिहीबार मात्र भारतको सरकारले कोभिडका विरुद्धमा उपचारमा संलगन भएका अथवा नभएका गरी स्वास्थ्यकर्मीको यकिन तथ्यांक सरकारसँग नरहेको जानकारी गराएको थियो । केन्द्र सरकारको सो भनाईको बिहीबार पनि काँग्रेसले कडा विरोध गरेको थियो । आज पुनः नेता गान्धीले ट्वीट गरेर विरोध गर्नुभएको हो ।

बिहीबार मात्र पनि भारतीय काँग्रेसका नेताहरुले पछिल्लो समयमा कोभिड १९ का कारणले भारतमा बेरोजगारी दर निकै बढेको भन्दै रोजगारीका अवसरहरु तयार पार्न सरकारसँग कुनै योजना नभएको भन्दै विरोध गरेका थिए ।