neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शुक्रबार काठमाडौं उपत्यकामा थपिए ८५९ संक्रमित

शुक्रबार काठमाडौं उपत्यकामा थपिए ८५९ संक्रमित

Sep 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २ असोज

काठमाडौंमा थप ८५९ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ८५९ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ६९८ ,ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ६१८ सङ्क्रमित थपिएका थिए।

नेपालमा शुक्रबार थप २०२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ६१ हजार ५९३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८७१ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ४३ हजार ८२० पुगेको छ । हालसम्म आठ लाख ९४ हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi