आधारभूमि संवाददाता
काठमाडौं, २ असोज
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ९ लाख ५० हजार ५५७ व्यक्तिको मृत्यु भएको छ ।
नेपाली समय शुक्रबार ११:३० बजे सम्म विश्वभरीमा तीन करोड ३ लाख ५१ हजार ७२३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड २० लाख ४१ हजार ४३७ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७३ लाख ५९ हजार ७२९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार १२१७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ६८ लाख ७४ हजार ५९६ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २ हजार २१३ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ५२ लाख १४ हजार ६७७ जना सङ्क्रमित भएका छन् भने ८४ हजार ४०४ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४४ लाख ५७ हजार ४४३ जना सङ्क्रमित भएका छन् भने एक लाख ३५ हजार ३१ जनाको मृत्यु भएको छ ।
स्रोत : वर्ल्डोमीटर