neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोरोना सङ्क्रमणबाट थप ४ जनाको मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ३८३ पुग्यो

कोरोना सङ्क्रमणबाट थप ४ जनाको मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ३८३ पुग्यो

Sep 17th, 2020

काठमाडौँ, १ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा मोरंगकी ६४ वर्षिय ,चितवनकी ३६ वर्षिय र कैलालीकी ५७ वर्षिय र पुरूषमा काठमाडौँका ८७ वर्षिय रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय ८३ पुगेको छ । यसअघि बुधवार कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi