neapl investment mega bank aadharbhumi aadharbhumi

सवारी दुर्घटनामा परी मृत्यु

Sep 17th, 2020

काठमाडौं, १ असोज

ललितपुर, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटोस्थित सडकमा सवारी दुर्घटनामा परी प्रदेश ३-०२-००९ प ०९५० नम्बरको स्कुटर चालक गोदावारी नगरपालिका-७ टिकाभैरब लामिडाँडा घर भई काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने २५ वर्षीय श्याम थिङको बुधबार राति मृत्यु भएको छ । बा.९४ प ३४१ नम्बर र उनको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बा.९४ प ३४१ नम्बरको स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, सुखिपुर नगरपालिका-८ आमचौकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा सोही नगरपालिका-३ चरारी बस्ने पैदलयात्री ५५ वर्षीया रामरती देवी पासवानको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको आरके मेडिसिटी मुस्हरनियामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi