काठमाडौं, १ असोज
आधारभूमि संवाददाता
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड नाघेको छ ।
नेपाली समय बिहीबार ११:३० बजे सम्म विश्वभरीमा तीन करोड ३८ हजार ६३४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड १८ लाख ६ हजार ७१३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७२ लाख ८६ हजार ८२२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार २४४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ९ लाख ४५ हजार ९९ व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ६८ लाख २८ हजार ३०१ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख १ हजार ३४८ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ५१ लाख १८ हजार २५३ जना सङ्क्रमित भएका छन् भने ८३ हजार २३० जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४४ लाख २१ हजार ६८६ जना सङ्क्रमित भएका छन् भने एक लाख ३४ हजार १७४ जनाको मृत्यु भएको छ ।
स्रोत : वर्ल्डोमीटर