neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ३७९ पुग्यो

कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ३७९ पुग्यो

Sep 16th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,३० भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा काठमाडौंकी दुई,बारा र काभ्रेपलाञ्चोककी एक/एक गरि दुई र पुरूषमा सुन्सरी ,सप्तरी , काभ्रेपलाञ्चोक र कास्कीका एक/एक गरि चार रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय ७९  पुगेको छ । यसअघि मंगलबार कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi