neapl investment mega bank aadharbhumi aadharbhumi

होटलमा तास खेलिरहेको अवस्थामा पक्राउ

Sep 16th, 2020

बारा, भदौ ३१

निजगढ नगरपालिका ७ सुभम होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४० वर्षीय हरि ढुंगाना समेत ५ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा तास खलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५३ हजार रुपैयाँ, ५ थान मोवाइल र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi