neapl investment mega bank
  • गृहपृष्ठ
  • होटल, रेष्टुरेन्ट पनि असोज १ गतेबाटै खुला गर्ने सरकारको निर्णय

होटल, रेष्टुरेन्ट पनि असोज १ गतेबाटै खुला गर्ने सरकारको निर्णय

Sep 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, भदौ ३०

सरकारले असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट पुनः सञ्चालन गर्न पाइने निर्णय भएको जानकारी दिए।

मन्त्री ज्ञवालीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होटलहरुलाई खुला गर्न दिने निर्णय भएको बताए ।