neapl investment mega bank aadharbhumi aadharbhumi

कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु

Sep 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,३० भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा सिराहा ,बारा,काठमाडौं र रुपन्देहीकी एकरएक गरि चार र पुरूषमा काठमाडौंका तीन,मकवानपुर,सर्लाही ,बारा, र कपिलवस्तु एकरएक गरि चार रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय ७१ पुगेको छ । यसअघि सोमबार कोरोना भाइरसका कारण १५ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi