neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Sep 15th, 2020

कास्की, भदौ ३०

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रुपा गाउँपालिका ५ देउराली बस्ने ५७ वर्षीय केश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

दण्डहिनता विरुद्धको अभियान अन्तर्गत उच्च अदालत पाटनको २०७६ चैत १० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-६ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi