neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ललितपुर महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना सङ्क्रमण पुष्टि,आफ्नो सम्पर्कमा रहेकालाई परिक्षण गर्न आग्रह

ललितपुर महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना सङ्क्रमण पुष्टि,आफ्नो सम्पर्कमा रहेकालाई परिक्षण गर्न आग्रह

Sep 15th, 2020

आधारभूमि संवाददाता
काठमाडौं, भदौ ३०

ललितपुर महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मेयर श्रेष्ठले आफ्नो फेसबुक वाल मार्फत आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन् र आफ्नो सम्पर्कमा रहेका माहानुभाबहरुलाइ एकपटक परिक्षण गर्न अनुरोध गरेका छन् ।

मेयर श्रेष्ठलाई थप उपचारका लागि ललितपुर स्थित किस्ट अस्पतालमा लगिएको र स्वास्थ स्तिथी सामान्य रहेको महालक्ष्मी नगरपालिकाका स्वास्थ शाखाका डा. रमिन महर्जनले आधारभूमिलाई जानकारी दिए ।

विश्व महामारीकोरुपमा फैलिएको कोरोना भाइरसलाई हाम्रो नगरमा फैलन नदिन, नियन्त्रण र रोकथाम गरी नगरबासीलाई सुरक्षित राख्न निरन्तररुपमा खटिरहँदा म आफैं कोरोना भाइरसबाट संक्रमित भई हाल उपचाररत रहेको जानकारी गराउँदै यो रोगलाई छिटै जितेर पुनः नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने छु,’ मेयर श्रेष्ठले भनेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi