आधारभूमि संवाददाता
काठमाडौ, भदौ ३०
सरकारका प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।
यसअघि अर्थमन्त्री डा. युवराज खतिवडा सरकारका प्रवक्ता थिए । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिएपछि प्रवक्ता पद रिक्त थियो।