neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ देखि सञ्चालन गर्ने निर्णय

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ देखि सञ्चालन गर्ने निर्णय

Sep 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, भदौ २९

सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि नेपालमा पहिलो सङ्क्रमित विरामी चैतमा भेटिएको थियो ।  गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो । व्यवसायीले
सार्वजनिक यातायात खुलाउन माग गर्दै आएपनि सरकारले सञ्चालनको अनुमति दिएको थिएन । 

aadharbhumi
aadharbhumi
aadharbhumi