neapl investment mega bank aadharbhumi aadharbhumi

१० किलो लागूऔषध अफिम सहित पक्राउ

Sep 14th, 2020

बाँके, २९ भदौ

राप्तीसोनारी गाउँपालिका-१ भौवा भन्ने स्थानबाट १० किलो अवैध लागूऔषध अफिम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ घोराही नगरपालिका-१५ बस्ने ५३ वर्षीय धन बहादुर सेन र सोही ठाउँ बस्ने २४ वर्षीय निशान घर्ती मगर रहेका छन् ।

उक्त स्थानमा अवैध रुपमा लागूऔषध अफिमको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको अफिम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi