neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा ८ सहित पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप १५ जनाको मृत्यु

उपत्यकामा ८ सहित पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप १५ जनाको मृत्यु

Sep 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,२९ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ५ महिला र १० पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा काठमाडौं,गोर्खा,नवलपरासी ,पर्सा र कपिलवस्तुकी एक/एक गरि पाँच र पुरूषमा मोरंगका दुई, काठमाडौंका पाँच ,ललितपुर,भक्तपुर र रामेछापका एक/एक गरि दुई रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय ६० पुगेको छ । यसअघि आइतबार कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi