ब्रासिलिया,२९ भदौ /सिन्ह्वा
ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ ।
उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ४१५ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको हो ।ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४३ लाखभन्दा बढी पुगेका छन् । सोमबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ४३ लाख ३० हजार ४६४ जना पुगेको बताइएको हो ।
गएको २४ घन्टा यता यहाँ यो सङ्क्रमणका करिब १५ हजार जना नयाँ संक्रमित भेटिएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यहाँका ३५ लाखभन्दा बढी नागरिक निको भएर घर फर्र्किएका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा अमेरिका र भारतपछि ब्राजिल पर्दछ । सबैभन्दा बढी सङ्क्रमित देशमध्ये दोस्रोमा पर्ने ब्राजिलभन्दा गत हप्तामात्र भारत विश्वमा अमेरिकापछि बढी संक्रमित हुने देशमा उक्लिएको थियो ।