neapl investment mega bank aadharbhumi aadharbhumi

रेडपाण्डाको छालासहित ४ जना पक्राउ

Sep 13th, 2020

बाँके, भदौ २८

बैजनाथ गाउँपालिका १ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट १ थान रेडपाण्डाको छालासहित सुर्खेत भेरी गंगा नगरपालिका १२ छिन्चु बस्ने ३६ वर्षीय देव बहादुर बाठा लगायत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेण्टमा अवैध रुपमा जंगली जनावरको छाला ल्याई लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त छालासहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग दुईवटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi