आधारभूमि संवाददाता
काठमाडौं, भदौ २८
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ९ लाख २४ हजार ५७५ व्यक्तिको मृत्यु भएको छ ।
नेपाली समय आइतबार १०:३० बजे सम्म विश्वभरीमा दुई करोड ८९ लाख ४३ हजार ५८८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड ८ लाख ११ हजार ३१२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७२ लाख ७ हजार ६४१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६० हजार ८९० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ६६ लाख ७६ हजार ६०१ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ९८ हजार १२८ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ४७ लाख ५४ हजार ३५६ जना सङ्क्रमित भएका छन् भने ७८ हजार ६१४ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४३ लाख १५ हजार ८५८ जना सङ्क्रमित भएका छन् भने एक लाख ३१ हजार २७४ जनाको मृत्यु भएको छ ।
स्रोत : वर्ल्डोमीटर