neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • के कुलमान फेरी नियुक्त होलान् , को को छन् उनको पक्षमा ?

के कुलमान फेरी नियुक्त होलान् , को को छन् उनको पक्षमा ?

Sep 13th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौं २८

सरकारले कुलमान घिसिङको पुनर्नियुक्तीमा ढिलाई गरेको छ । उनलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बाहेक अन्य उच्च नेर्तत्वले पुन नियुक्त गर्नुपर्नेमा दवाव दिएको छैन ।

उर्जा मन्त्री वर्षमान पुन स्वयं बाहिर भने जसरी कुलमानलाई अर्काे कार्यकालका लागि नियुक्त गर्ने पक्षमा देखिदैनन् । त्यसैले त अहिलेसम्म कुलमान पुनर्नियुक्तीको प्रस्ताव उर्जा मन्त्रालयबाट अहिलेसम्म गएको छैन ।

घिसिङलाई पूर्व उर्जा मन्त्री जनार्दन शर्माले नियुक्त गरेका थिए । त्यसपछि कमल थापा र त्यसपछि बल्ल पुन मन्त्री बनेका हुन् । पुन मन्त्री नियुक्त भएपछि उद्योग क्षेत्रको लोडसेडिङ हटेको थियो । तर त्यसको जस भने पुनलाई गएन । जसका कारण पनि पुन घिसिङलाई राखिरहदा छायामा पर्ने डरमा छन् ।

सरकार सकभर घिसिङलाई नियुक्त गर्ने पक्षमा छैन । ब्यापक जनदवावका कारण भने नियुक्ती हुन्छ कि भन्ने जनतामा आश मात्रै छ ।

सरकारले पुनर्नियुक्ती ढिलाई गर्ने र त्यसपछि बिस्तारै अर्काे ब्यक्ति नियुक्त गर्ने मुडमा रहेको देखिन्छ । अहिले घिसिङको ठाउँमा विद्युत बिकास विभागका महानिर्देशक नबिन राजसिंह आउन खोजिरहेका छन् । साथै नेकपाको उच्च तहले अहिले पुनर्निमाण प्राधिकरणका शुसिल ज्ञवालीलाई पनि आश्वासन दिइरहेको छ ।

यसअघि ज्ञवालीले लगानी बोर्डमा आवेदन दिएका थिए । तर , त्यहाँ बामदेब गौतम निकट रहेका कारण शुसिल भट्टलाई नियुक्ती दिएको थियो । र त्यतिनै बेला ज्ञवालीलाई प्राधिकरणमा नियुक्त गर्ने आश्वासन् दिएको स्रोत बताउँछ ।

घिसिङ प्रचण्डको प्राथमिकतामा रहेका छन् । किनभने उनकै कार्यकालमा घिसिङ नियुक्त भएर सरकारले वाहवाहि कमाएको थियो । पूर्व उर्जा मन्त्री जनार्दन शर्मासँगै मिलेर लोडसेडिङ हटाएको भएपनि पछिल्लो सयम भने घिसिङ शर्माको त्यति राम्रो सम्वन्ध छैन ।

राजनीतिक रुपमा नियुक्ती पाउनेमा घिसिङको संभावना कम छ। तर उनलाई पुनर्नियुक्ती गर्न ब्यापक जनदाववा भएका कारण सरकार अर्काेलाई नियुक्त गर्न पनि आट गर्न सकिरहेको छैन ।

त्यसैले नै घिसिङको कार्यकाल सकिएपछि जनताको के कस्तो प्रतिक्रिया आउँछ भनेर कुरिरहेको छ । यो सरकार विभिन्न भ्रष्टाचारका काण्डमा मुुछिएको छ । जसका कारण जनताको चर्काे आलोचना खेपिरहेको छ ।

त्यसैले आगामी चुनावको प्रचारका लाग भएपनि एउटा राम्रो काम गरेको देखाउन घिसिङ नियुक्त गर्नु उचित हुन्छ । तर सत्ताको भागबन्डा र नियुक्त हुने बेलामा पाइने रकमका कारण मन्त्री र पार्टिका उच्च तहका नेता घिसिङलाई नै नियुक्त गर्लान् भन्ने झिनो आश छ ।

ब्यापक जनदवाव थेग्न नसकेर भने सरकारले नियुक्त गर्ने संभावना नै नरहेको पनि होइन । घिसिङ पुन प्रतिस्पर्धामा उत्रेर काम गर्ने सोचमा छैनन् । सरकारले जिम्मा दिए काम गर्ने नत्र न पार्टि र मन्त्रीलाई रकम दिएर पुनर्नियुक्त हुने नत प्रतिस्पर्धा नै गर्ने सोचमा छन् ।

अठार घन्टा सम्मको लोडसेडिङलाई अन्त्य गर्दै २४ घन्टा नै बिजुली दिने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भोलि देखि कार्यकाल सकिदैछ । सरकारलाई एक मात्रै राम्रो काम गरेको देखाउनु छ भने घिसिङको पुनर्नियुक्तीमा ढिलाई गर्नु हुँदैन ।

aadharbhumi
aadharbhumi
aadharbhumi