neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोरोना महामारीमा महिला पत्रकारको सुरक्षा र भूमिका विषयक भर्र्चुअल अन्तरक्रिया

कोरोना महामारीमा महिला पत्रकारको सुरक्षा र भूमिका विषयक भर्र्चुअल अन्तरक्रिया

Sep 12th, 2020

काठमाडौ, भदौ २७

नेपाल पत्रकार महासंघ केन्द्रीय महिला समितिको आयोजनामा “कोरोना महामारीमा महिला पत्रकारको सुरक्षा र भूमिका” विषयमा भर्र्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जस्तोसुकै परिस्थितिमा पेशाबाट विचलित नहुन आग्रह गर्नुभयो । उहाँले पत्रकारको समस्यालाई संस्थागत रुपमा हल गर्ने भन्दै जोखिममा रहेका समुदायको आवाजलाई उजागर गर्नु आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघकी सचिव तथा महिला समिति संयोजक लक्ष्मी पुनले कोरोना माहामारीको हालको अवस्थामा महिला पत्रकारको अवस्था र पेशागत सुरक्षाका बारेमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघ प्रदेश, जिल्ला, प्रतिष्ठान तथा एसोसियट शाखा उपाध्यक्षहरुलाई समेटेर कोरोनाको समयमा महिला पत्रकारको मानसिक तथा शारिरिक स्वास्थ्य महत्वपूर्ण भएको बताउदै यो विषयमा चर्चा गरिएको उल्लेख गर्नुभयो ।

महासंघका सचिव प्रकाश थापाले कोरोना माहामारीलाई जितेर अगाडी बढ्न सबै पत्रकार आम नागरिक भन्दा जिम्मेवार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विषेशज्ञ डा.शेरबहादुर पुनले कोरोना संक्रमणबाट बेच्ने उपाएका बारेमा आफ्ना धारणा राख्नुभयो ।

यस्तै,मानसिक स्वास्थ्य परामर्श विद डा.करुणा कुवँरले कोरोना कालमा मानसिक स्वास्थ्यका लागि सचेत रहन आग्रह गर्नुभयो । सिभिल बैंकका कार्यकारी प्रमुख गोविन्द गुरुङले बैकल्पिक आयआर्जनका बारेमा बैंकहरुले ल्याएको नयाँ योजना बारेमा जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश समिति तथा जिल्ला शाखाका उपाध्यक्षहरुले आफ्नो प्रदेश तथा जिल्लामा कोरोना माहामारीका कारण उत्पन्न समस्याका बारेमा रिपोटिङ गर्नुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi