neapl investment mega bank
  • गृहपृष्ठ
  • कामना सेवाका ग्राहकले ‘सोसल मिडिया बैंकिङ प्लेटफर्म’ मार्फत सेवा पाउने

कामना सेवाका ग्राहकले ‘सोसल मिडिया बैंकिङ प्लेटफर्म’ मार्फत सेवा पाउने

Sep 12th, 2020

काठमाडौ, भदौ २७

कामना सेवा विकास बैंकका ग्राहकहरुले ‘सोसल मिडिया बैंकिङ प्लेटफर्म’ मार्फत बित्तीय सेवा पाउने भएकाछन । बैंकले भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, केवाईसी अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौताको विवरण जस्ता जानकारी घरमै बसेर थाहा पाउन सकिने सुविधा दिएको हो ।

सञ्चालक समितीका अध्यक्ष सुदिप आचार्यले शुक्रबार ‘कामना सेवा विकास बैंक सोसल मिडिया बैंकिङ प्लेटमर्फ’ को शुभारम्भ गरेका हुन् । भाइबरको माध्यमबाट यी सुविधाहरु प्राप्त गर्न ग्राहकले बैंकले प्रदान गरेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ भने फेसबुकको माध्यमबाट सुविधा प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाउनुपर्ने बैंकले जनाएको छ । कोरोनाको महामारीकाबिच सुरु गरिएको यो सेवा प्रभावकारी हुुने बिश्वास बैंकले लिएको छ ।