neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपालमा कोरोना सङ्क्रमणबाट थप १४ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप १४ जनाको मृत्यु

Sep 12th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,२७ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ३ महिला र ११ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौंकी ७६ वर्षीय महिला,पर्साकी ७८ वर्षीय महिला,तनहुंकी ७६ वर्षीय महिला र पुरूषमा काठमाडौंका ५१ र ५४ वर्षीय, सुनसरिका ४३ वर्षीय, भक्तपुरका ७२ र ३८ वर्षीय,चितवनका ६१ वर्षीय,स्याङ्जाका ८५ वर्षीय,गोर्खाका ४५ वर्षीय , कास्कीका ५१ वर्षीय र रुपन्देहीका ६०र ४० वर्षीय रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय ३६ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi