neapl investment mega bank aadharbhumi aadharbhumi

काठमाडौं उपत्यकामा थपिए ४३१ संक्रमित

Sep 12th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २७ भदौ

काठमाडौंमा थप ४३१ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ४३१ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ३ सय ७७ ,ललितपुरमा ३७  र भक्तपुरमा १७ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि शुक्रबार उपत्यकामा ६९६ सङ्क्रमित थपिएका थिए।

नेपालमा शनिबार थप १२०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ५३ हजार १२० पुगेको छ । पछिल्लो २४ घण्टामा ८५२ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ३७ हजार ५२४ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi