neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ‘कोरोनामुक्त अभियानमा लागौँ’-स्वास्थ्य मन्त्रालय

‘कोरोनामुक्त अभियानमा लागौँ’-स्वास्थ्य मन्त्रालय

Sep 11th, 2020

काठमाडौँ, २६ भदौ /रासस

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण केही पनि होइन भनेर नबुझ्न आग्रह गरेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमणको जोखिम दिनानुदिन बढिरहेको अवस्थामा केही पनि होइन भन्ने खालका भ्रममा नपर्न आग्रह गर्नु भएको हो ।

“कोभिड १९ केही पनि होइन भन्ने खालका भ्रम सिर्जना गर्ने, गलत तर्क जम्मा गर्ने र समाजलाई जोखिम तिर उन्मुख गराउन खालका व्यक्तिले यस रोगको रोकथाम र नियन्त्रणमा चुनौति खडा हुन जान्छ ”, उहाँले भन्नुभयो , “यस्तो खालका भनाइमा चनाखो भइ दिन हुन र आफ्नो टोल, छिमेकलाई सङ्क्रमण मुक्त बनाउने अभियानमा लाग्न अनुरोध छ । ”

आज उपत्यकामा ६९६ जना सहित देशभरि एक हजार ४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँले कोभिड १९ रोगका नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड विरुद्ध नकारात्मक टिप्पणी तथा अभिव्यक्ति समेत कसैले पनि नदिन र सञ्चारमाध्यमले पनि त्यस किसिमका भ्रमहरु प्रचार प्रसार नगर्न अनुरोध गर्नुभयो ।प्रवक्ता डा गौतमले कोरोना रोकथाम र नियन्त्रण गर्न स्वास्थ्यकर्मी अहोरात्र खटिरहेकोले सबैलाई जनस्वास्थ्यका न्यूनतम मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi