neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपालमा कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु

Sep 11th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,२६ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये मोरंगकी ४० वर्षीय महिला र पुरूषमा काठमाडौंका ७० वर्षीय, महोत्तरीका ६५ वर्षीय,धनुषाका ४५ वर्षीय र नवलपरासीका ५५ वर्षीय रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय २२ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi