neapl investment mega bank aadharbhumi aadharbhumi

काठमाडौं उपत्यकामा थपिए ६९६ संक्रमित

Sep 11th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २६ भदौ

काठमाडौंमा थप ६९६  जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ६९६ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ६ सय २० ,ललितपुरमा ३८ र भक्तपुरमा ३८  जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ५७२ सङ्क्रमित थपिएका थिए।

नेपालमा शुक्रबार थप १४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ५१ हजार ९१९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९७२ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ३६ हजार ६७२ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi