neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीद्वारा भद्रकलीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा भद्रकलीको निधनप्रति दुःख व्यक्त

Sep 11th, 2020

काठमाडौँ, २६ भदौ /रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लीलबहादुर थापाकी ८८ वर्षीया आमा भ्रदकलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री ओलीले थापाकी दिवङ्गत आमाप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकूल परिवार, आफन्त र शुभचिन्तकमा समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मातृवियोगबाट मर्माहत परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्नेसमेत कामना गर्नुभएको छ । बाग्लुङ निवासी भद्रकलीका एक छोरी र दुई छोरा हुनुहुन्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi