आधारभूमि संवाददाता
काठमाडौं, भदौ २६
विश्वभर महामारकिो रूपमा फैलिएको कोरोना सङ्क्रमितको सङ्ख्या अमेरिकामा ६५ लाख भन्दा बढी पुगेको छ ।
नेपाली समय शुक्रबार ९:०० बजे सम्म अमेरिकामा ६५ लाख ८८ हजार १६३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा शुक्रबारसम्म एक लाख ९६ हजार ३२८ व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सङ्क्रमितमध्ये हालसम्म ३८ लाख ७९ हजार ९६० व्यक्ति कोरोना मुक्त भएका छन् ।सङ्क्रमितमध्ये १४ हजार ५०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
अमेरिकापछि बढी सङ्क्रमण भारतमा ४५ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै सङ्क्रमित सङ्ख्या ब्राजिलमा झण्डै ४२ लाख भन्दा बढी सङ्क्रमित भएका छन् ।
स्रोत : वर्ल्डोमीटर