neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • पत्रकारलाई धम्काएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

पत्रकारलाई धम्काएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

Sep 10th, 2020

काठमाडौ, भदौ २५

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका सचिव सूर्यप्रसाद भुसाललाई अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ निवासी महेन्द्र कुँवरले सामाजिक सञ्जालमार्फत धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हाल काठमाडौं बस्दै आएका कुँवरले सचिव भुसालको नामै तोकेर जे पनि गर्न सक्ने भन्दै जिल्लाका अन्य पत्रकारलाई समेत तल्लो स्तरको घृणित शब्दको प्रयोग गरी सामाजिक सञ्जालमार्फत पोष्ट गरेर धम्क्याएका थिए, बिज्ञप्तीमा भनिएको छ ।

स्वतन्त्ररुपमा काम गर्ने पत्रकारलाई सामाजिक सञ्जालमार्फत तल्लो स्तरको घृणित शब्द प्रयोग गरी ठाडो चुनौती दिने निज कुँवरलाई कानुनी दायरामा ल्याउन र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ, महासंघले बिज्ञप्ती मार्फत भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi