neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौंका तीन सहित ५ जना कोरोना संक्रमितको मृत्यु,मृत्यु हुनेको संख्या ३ सय १७ पुग्यो

काठमाडौंका तीन सहित ५ जना कोरोना संक्रमितको मृत्यु,मृत्यु हुनेको संख्या ३ सय १७ पुग्यो

Sep 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,२५ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौँकी ५५ वर्षीय महिला र पुरूषमा काठमाडौंका ५९ र ८३ वर्षीय, चितवनका ६२ वर्षीय र कपिलवस्तुका २९ वर्षीय रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय १७ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi