neapl investment mega bank aadharbhumi

काठमाडौं उपत्यकामा थपिए ५७२ संक्रमित

Sep 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,२५ भदौ

काठमाडौंमा थप ५७२ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ५७२ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ४ सय ९५  ,ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि बुधवार उपत्यकामा ४६४ सङ्क्रमित थपिएका थिए।

नेपालमा बुधबार थप १२४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ५० हजार ४६५ पुगेको छ । पछिल्लो २४ घण्टामा १८१८ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ३५ हजार ७ सय पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi