neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंकिङ क्षेत्रमा १ खर्ब ८९ अर्ब अधिक तरलता, ब्याजदर करिडोर निष्प्रभावकारी तर ४ औ पटक संशोधन

बैंकिङ क्षेत्रमा १ खर्ब ८९ अर्ब अधिक तरलता, ब्याजदर करिडोर निष्प्रभावकारी तर ४ औ पटक संशोधन

Sep 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, भदौं २५

बैंकिङ क्षेत्रमा अहिेले १ खर्ब ८९ अर्ब बराबरको तरलता छ । लकडाउनका कारण कर्जामा माग हुन नसक्नु र ब्याजदर करिडोर प्रभावकारी हुन नसक्दा बजारमा तरलता थुप्रिएको हो ।

जबकी तरलता व्यवस्थापन गर्न हालै मात्रैं राष्ट्र बैंकले ब्याजदर करिडोर चार औ पटक संसोधन गरेको छ ।

पूर्व गभर्नर चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति मार्फत ब्याजदरलाई निश्चीत सिमामा राख्न भन्दै ब्याजदर करिडोर सार्वजनिक गरे । त्यसपछि उनि गभर्नर छदा नै यो ३ पटक सम्म संसोधन भयो । तर बजारमा भने यसले खासै प्रभाव पार्न सकेन । ब्याजदरलाई निश्चीत सिमामा राख्न र अधिक तरलता र तरलता अभावको स्थिती आउन नदिन ल्याइएको यो उपकरण ५ औ पटक संसोधन हुँदा बजारमा भने १ खर्ब ८९ अर्ब अधिक तरलता छ ।

ब्याजदर करिडोरको कार्यविधी राष्ट्र बैंकले फेरि मंगलबार मात्रै सार्वजनिक गरेको छ । बैकिङ क्षेत्रमा रहेको तरलता अभावको स्थिती हटाउनका लागि राष्ट्र बैंकले बैंकहरुलाई अल्पकालिन कर्जा दिन्छ, जसको ब्याजदरलाई रिपोदर भनिन्छ । यस्तो ब्याजदर यसअघि ३ दशमलव ५ प्रतिशत रहेकामा अहिले ३ प्रतिशत कायम गरिएको छ ।

बैंकहरुले आवश्यक मात्रामा कर्जा दिन सकुन् भनेर राष्ट्र बैंकले यस खालको नीतिगत दर संसोधन गरेको हो । तर बैंकहरुमा भने अहिले कर्जा माग नभएका कारण १ खर्ब ८९ अर्ब अधिक तरलता थुप्रिएको छ ।

राष्ट्र बैंकले गत वर्ष ब्याजदर करिडोरको तल्लो सिमा अर्थात अधिक तरलता हुँदा ब्याजदर प्रभावित नहोस् भनेर राष्ट्र बैंकले बैंकहरुबाट पैसा खिच्दा दिने र बैंक बिच हुने अन्तर बैंक कारोबारको ब्याजदर २ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेका छ । तर अहिले बैंकहरु बिच अन्तर बैंक कारोबार शुन्य दशमलव दुई पाच प्रतिशत छ ।

अनिवार्य नगद अनुपात (सिआरआर) २०७५ को असारमा ६ प्रतिशत रहेको थियो । जसलाई अहिले घटाएर ३ प्रतिशतमा झारिएको छ । यसरी बैंकहरुले लगानी नगरि राख्नु पर्ने रकम नै कम गराइदिएका कारण पनि बजारमा अधिक तरलता देखिएको हो ।

बैंक तथा वित्त संस्थाहरुले अहिले सम्म ३८ खर्ब १९ अर्ब निक्षेप संकलन गरेका छन् । जसको ३ प्रतिशत अनिबार्य नगद अनुपातमा राख्नु पर्छ । अनिबार्य नगद अनुपात बाहेक अहिले १ खर्ब ८९ अर्ब अधिक तरलता छ ।

यदि २०७५ सालकै जस्तो ६ प्रतिशत अनिबार्य नगद अनुपातको हिसाब गर्ने हो भने त बैंकहरुमा जम्मा ७५ अर्ब मात्रै तरलता रहेको पाइन्छ । राष्ट्र बैंकले बैंकहरुलाई कर्जा प्रवाह गर्न सहज होस् भन्दै नीतिगत रुपमा खुला गर्दै गएपनि महामारीका कारण बैंकहरुले आवश्यक मात्रामा कर्जा प्रवाह गर्न सकेका छैनन् ।

हुनत अहिले विश्वभरका केन्द्रिय बैंकहरुले कर्जा बढाउनका लागि नीतिगत दरहरु घटाएका छन् । अमेरिकी केन्द्रिय बैंकले अहिले फेडरल फन्ड रेट दुई दशमलव दुई पाँचबाट शुन्य दशमलव दुई पाँच अर्थात सन् २००८ को आर्थिक मन्दीका बेलामा तय गरिएको ब्याजदरकै हाराहारी पुराएको छ ।

जापान र स्वीजरल्याण्डले त केन्द्रिय बैंकमा लगेर पैसा राखे उल्टै घट्ने अर्थात ब्याजदर ऋणात्मक बनाएका छन् ।